एसएसबीको गोलीकाण्डबारे भारतको ध्यानाकर्षण गराइने

59

काठमाडौं, मंसिर ९–

भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपालीमाथि गोली चलाएको विषयमा नेपाल सरकारले भारतको ध्यानाकर्षण गराउने भएको छ । सुनसरी हरिपुर ७ मा एसएसबीले गोली हान्दा साइकलमा रासायनीक मल ल्याउँदै गरेका चार जना नेपाली बुधबार बिहान घाइते भएका थिए । संसदको राज्य व्यवस्था समितिको बुधबार बसेको बैटकमा गृहमन्त्री शक्ति बस्नेतले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूताबासको ध्यानाकर्षण गराउने बताए ।

Sakti Basnet 1

गृहमन्त्री बस्नेतले एम्बुलेन्स र औषधी बोकेको गाडी जलाउने तथा सद्भाव ¥यालीमाथि भएको आक्रमणले आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताए । उनले गाडी जलाउने, पुल भत्काउने तथा आगजनी गर्नेहअरुलाई कानुनी कठघरामा उभ्याउने र शान्ति सुरक्षा भरपर्दो बनाइने प्रतिवद्धता जनाए ।

Womui
Womui