सहमति पत्र देखाउँदै काँग्रेस वरिष्ठ नेता देउवाको खुलासा

107

नेपालगन्ज, मंसिर–७
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सिमांकनका विषयमा मुख्य राजनीतिक दल लचिलो हुन तयार रहेको बताएका छन् । अखण्ड सुदुरपश्चिमको पक्षधर भनि आफुमाथि गलत आरोप लगाइएको भन्दै उनले दुःख व्यक्त गरे । तत्कालिन उपप्रधानमन्त्री एवम् वार्ता टोली संयोजक कृष्ण सिटौला, मन्त्री वर्षमान पुन लगायतको सरकारी बार्ता टोली र अखण्ड सुदुरपश्चिम पक्षधरबीच भएको सहमतीको प्रतिलिपी देखाउँदै देउवाले भने, ‘यि हेर्नुस् त्यतिबेला के सहमती भएको थियो भन्ने कुरा यही कागजमा छर्लङ्ग छ ।’

1

सुदुरपश्चिममा थारु समुदाय र अखण्ड पक्षधरबीच प्रदेश सिमांकनको विषयमा उत्पन्न विवादलाई जनमत संग्रहबाट समाधान गर्न सकिने सहमती तत्कालिन सरकारले गरेको उनले बताए । ‘विवादित विषयको टुंगो बरु जनमत संग्रहबाट लगाऔं भनेर मैले भनिरहेको छु,’ देउवाले भने । सँग भएको नेपाल प्रेस युनियन बाँकेले सोमबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा पुर्वप्रधानमन्त्री देउवाले आन्दोलनरत मधेसी मोर्चाले बार्ता भन्दा नाका केन्द्रित आन्दोलनलाई प्राथमिकता दिदा समस्या बल्झिरहेको औल्याए । ‘उहाँहरु(मधेसी मोर्चा) वार्ता गर्छौ भन्नुहुन्छ, तर दसगजामा बसेर धर्ना दिनुहुन्छ,’ उनले भने । देशभित्रको आन्तरिक समस्या समाधान नहुँदा भारतले आपुर्ति व्यवस्था असहज पारेको पुर्वप्रधानमन्त्री देउवाको भनाई छ ।

2

भारत छिमेकी मित्र राष्ट्र भएकाले नेपाली जनतालाई दुःख दिएर केही उपलब्धी नहुने उनले स्पष्ट पारे । भारतले नेपालसँग कुनै अपेक्षा गरेको भए भन्नुपर्ने देउवाले बताए । नयाँ संविधानमा सबै जाती, भाषा, धर्म, समुदाय, महिला लगायत सबैलाई अधिकार दिएको दाबी गर्दै वरिष्ठ नेता देउवाले भने, ‘हाम्रो संविधानले दिएको अधिकार जति भारतको संविधानले पनि त्यहाँका जनतालाई दिएको छैन ।’ प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकाश शरण महत, काँग्रेस नेता एवम् सांसद डिल्ली चौधरी, प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, काँग्रेस बाँकेका कार्यबाहक सभापति लाहुराम थारु, पुर्व सभापति कृष्णमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

3

Womui
Womui