पत्रकार ओलीमाथि आक्रमण प्रयास गर्ने शाहीले लिखित माफी मागे

48

नेपालगन्ज, मंसिर ७–
नेपालगन्जस्थित नागरिक दैनिकका संवाददाता अर्जुन ओलीमाथि कार्यालयमै पुगेर आक्रमण प्रयास गरेका गणेश शाहीले गल्ती स्वीकार गर्दै लिखित रुपमा माफी मागेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार पत्रकार महासंघका अध्यक्ष रुद्र सुवेदी, प्रेस युनियनका अध्यक्ष जयनारायण शाह, नागरिक पश्चिमेलीका स्थानीय सम्पादक कलेन्द्र सेजुवाल, नागरिक दैनिक पश्चिमेली व्यूरो कार्यालयका प्रशासन प्रमुख पुष्प पौडेल लगायतको रोहवरमा शाहीले गल्ती गरेमा पश्चाताप गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएका हुन् ।

नागरिक पश्चिमेलीमा तीन महिनाअघि प्रकाशित ‘काम अधूरै छोडेर भुक्तानी’ शीर्षकको समाचारलाई लिएर कल्र्भट निर्माणका ठेकेदार शाहीले शनिबार अपरान्ह साढे ४ बजेतिर प्रेस युनियन बाँकेका सचिव समेत रहेका पत्रकार ओलीलाई सुरुमा फोनबाट विभिन्न डर, धम्की दिइ लगत्तै कार्यालयमा पुगेर आक्रमण प्रयास गरेका थिए । घटनाबाट असुरक्षा महसुस गरेका पत्रकार ओलीले जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग र एड्भोकेसी फोरममा लिखित निवेदन दिएका थिए । शाहीलाई बाँके प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो । कार्यालयभित्रै आक्रमण प्रयास भएको घटनाको चौतर्फी घोर भत्र्सना गरिएको थियो । नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, महासंघ बाँके शाखा, मानव अधिकारकर्मी, कानुन व्यवसायी लगायत विभिन्न पेशागत संघ, संगठनले दोषीलाई कानुनी कारबाही गर्न सम्वन्धित पक्षसँग माग गरेका थिए । घटनाले प्रेश स्वतन्त्रता, मानव अधिकार र पेशागत सुरक्षामा गम्भिर चुनौती थपिएको उनीहरुले ठहर गरेका थिए ।

Womui
Womui