बस र ट्रक जुध्दा दुई जनाको मृत्यु

37

नवलपरासी, मंसिर ७–
बुटवल–नारायणगढ सडक खण्ड अन्र्तगत ननवलपरासीको थुम्सीमा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, भने अन्य १७ जना घाइते छन् । दुर्घटनामा परी मृत्यु हुने बसका सहचालक महेन्द्रनगर नगरपालिका वडा नम्वर ६ का २५ वर्षीय सन्तोष शाह र लम्जुङ बोर्लेटार घरभइ देविदत्त गण रोल्पामा प्युठ पदमा कार्यरत ३५ वर्षीय बिमल कुँवरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जँदै गरेको बसले रोकी राखेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ठक्करबाट ट्रकमा पनि क्षति पुगेको छ ।

Womui
Womui