मधेस आन्दोलन अराजक बनेकोमा गृहमन्त्रीको चिन्ता

62

नेपालगन्ज, मंसिर ५–
गृहमन्त्री शक्ति बस्नेतले तराईमा आन्दोलनरत पक्षलाई बार्तामा आउन अपिल गरेका छन् । आन्दोलन र नाकाबन्दीले मुलुकको अवस्था तहसनहस भएको भन्दै बार्ताबाट समस्याको समाधान गर्नुको विकल्प नभएको बताए । नेपालगन्जमा शनिबार बिहान पिस म्याराथन प्रतियोगिता उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले मधेसी मोर्चालाई अरुको अधिकारको ख्याल राख्न सचेत गराए ।

नेपालगन्ज रंगशालामा शनिबार बिहान सम्बोधन गर्दै गृहमन्त्री शक्ति बस्नेत ।
नेपालगन्ज रंगशालामा शनिबार बिहान सम्बोधन गर्दै गृहमन्त्री शक्ति बस्नेत ।

मोर्चाले आफ्नो अधिकार माग्दा अरुको अधिकार हनन् गरेकोमा आपत्ति जनाए । अराजतातर्फ उन्मुख मधेस आन्दोलनलाई नियन्त्रण गर्न नेतृत्व जिम्मेवार हुनुपर्ने उनको भनाई छ । शान्ति सम्झौताको स्मरण गर्दै माओबादीका नेता समेत रहेका बस्नेतले मध्यपश्चिम क्षेत्रले फेरी शान्तिको सन्देश फैलाउनुपर्ने बताए । राष्ट्रिय अखण्डताको रक्षा, जनताको लोकतान्त्रिक हक अधिकारको ग्यारेन्टी, आर्थिक समृद्धी, सामाजिक न्याय, सुशासन र दिर्घकालिन शान्ति मुलुकका महत्वपुर्ण कार्यभार भएको औल्याए । गृहमन्त्री बस्नेतले आजै नेपालगन्जमा यसक्षेत्रका सुरक्षा निकायका प्रमुखलाई शान्ति, सुरक्षाका विषयमा निर्देशन दिने कार्यक्रम छ ।

sakti 2

Womui
Womui