शान्ति सम्झौताको स्मरणमा पिस म्याराथन प्रतियोगिता

62

नेपालगन्ज, मंसिर ५–
तत्कालिन माओबादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा शनिबार पिस म्याराथन प्रतियोगिता सञ्चालन गरिएको छ । क्रियटिभ ह्याण्ड्सले उक्त प्रतियोगिता गराएको हो । प्रतियोगिताका गृहमन्त्री शक्ति बस्नेतले एक समारोहका बीच उद्घाटन गरे । शनिबार बिहान रंगशालाबाट सुरु भएको खुला प्रतिस्पर्धात्मक म्याराथन कोहलपुर चौराहा पुगेर फर्किएको थियो ।

प्रतियोगितामा सहभागि खेलाडी ।
प्रतियोगितामा सहभागि खेलाडी ।

प्रतियोगिता अन्तर्गतको १० किलोमिटर महिला मिनी म्याराथन र ५ किलोमिटर विद्यालय स्तरीय छात्रछात्रा दौड तथा ह्वील चेयर दौडमा पनि उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

 म्याराथन प्रतियोगिता उद्घाटन गर्दै गृहमन्त्री शक्ति बस्नेत ।

म्याराथन प्रतियोगिता उद्घाटन गर्दै गृहमन्त्री शक्ति बस्नेत ।

कार्यक्रममा बहुभाषिक शान्ति सदभाव साँस्कृतिक उत्सवमा राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत, संगीत र गजल कविता एवम् नृत्य प्रस्तुत भएका थिए ।

3

Womui
Womui