कोर्स सक्न बोर्डिङ स्कुलमा शनिबार पनि पढाई

43

नेपालगन्ज, मंसिर ५–
कोर्स (पाठ्यक्रम) पुरा नभएपछि नेपालगन्जका संस्थागत बिद्यालयहरुले शनिबारपनि पढाई सञ्चालन गर्न थालेका छन् । गणेशपुरस्थित एबीसी आवासिय उच्च माबिले शनिबार आज बिद्यालय खोलेर पढाइ सञ्चालन गरेको छ । कोर्सको अवस्थालाई मध्यनजर गर्दै शनिबारपनि पढाई सञ्चालन गर्नु परेको संस्थापक प्रिन्सिपल शशी स्वाँरले बताईन् । यसमा बिद्यार्थी र अभिभावकपनि सहमत भएको उनको भनाई छ ।

एबीसी आवासिय स्कुल ।
एबीसी आवासिय स्कुल ।

बन्द, हड्ताल र इन्धन संकटले कोर्स पुरा हुन नसकेको भन्दै शनिबार पनि पढाई गर्नुपर्र्ने निर्णयमा पुगेको हो । स्वाँरले भनिन्, ‘अहिले सम्म ६० प्रतिशत भन्दा बढी कोर्स कम्प्लिट भइसक्नुपर्ने हो, तर मुस्किलले ५० प्रतिशत मात्रै भएको छ ।’ अर्धवार्षिक परिक्षा गराएर दसै र तिहारको एक महिने बिदा गरेको बिद्यालयले आगामी पुस २४ बाट तेस्रो चरणको परिक्षा गराउने योजना बनाएको छ । जिल्लाका अन्य बिद्यालयले पनि शनिबार पढाई सञ्चालन गरेको प्याब्सन र एनप्याब्सनले जनाएका छन् ।

Womui
Womui