विस्तृत शान्ति सम्झौताको आज नौं वर्ष पुरा

104

काठमाडौं, मंसिर ५–
तत्कालिन विद्रोही पक्ष नेकपा माओबादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज नौं वर्ष पुरा भएको छ । सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईराला र माओबादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २०६३ मंसिर ५ गते अर्थात् आजकै दिन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दीगो शान्तिको आधार स्तम्भको रुपमा रहेको ऐतिहासिक विस्तृत शान्ति सम्झौताका महत्वपूर्ण केही बुँदा पालना भएपनि सम्झौतामा उल्लेखित अधिकांश प्रावधानहरूको अझैपनि बेवास्ता भएको अधिकारकर्मीको गुनासो छ ।

2

सम्झौता भएको ६० दिनभित्रमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाको स्थिती सार्वजनिक गर्नुपर्ने उल्लेख भएपनि अहिले सम्म बेवास्ता भएको छ । विस्तृत शान्ति सम्झौताको महत्वपूर्ण पाटो मानिएको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको विधेयक सरकारले संसदमा पेश गरेपनि विधेयकले पीडितलाई न्याय दिनुको सट्टा दोषीलाई क्षमादानको प्रस्ताव गर्दै पारित गरिसकेको छ । उक्त कार्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले विरोध जनाउँदै आएका छन् । शान्ति सम्झौता भएको नौं वर्ष पुरा भएपनि आफ्ना मागहरु सम्बोधन नभएको भन्दै द्धन्द्ध पीडितहरु निराश बनेका छन् ।

1

Womui
Womui