आन्दोलन अलग राष्ट्रलागि होईन : राजकिशोर यादव

39

महोत्तरी, मंसिर ४–
संघिय लोकतान्त्रिक मोर्चाका नेता एवम् मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) अध्यक्ष राजकिशोर यादवले मधेस आन्दोलन अलग राष्ट्रका लागि नभएको बताएका छन् । महोत्तरीको जलेश्वरमा पत्रकारसँगको कुराकानीमा नेता यादवले मोर्चा विखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत्त मधेस प्रदेशका लागि लडिरहेको प्रस्ट्याए ।

उनले सरकार मधेसको आन्दोलनप्रति गम्भीर नरहेको बताउँदै मधेसी जनतालाई थकाउने गलाउने र आन्दोलन मत्थर पार्न खोजेको आरोप लगाए । सोही क्रममा मोर्चाका अर्का घटक राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारीले सरकारले नेपाली काँग्रेसको सहमति र सहकार्यबिना गर्न खोजेको वार्ताको कुनै अर्थ नहुने बताए । उनले मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि दुई तिहाईको आवश्यकता पर्ने भएकाले सार्थक वार्ताका लागि सरकारले काँग्रेसलाई साथमा लिनुपर्ने बताए ।

Womui
Womui