राष्ट्रिय योजना आयोगमार्फत् पुनर्निर्माण थालिने

109

काठमाडौं, मंसिर ४—
सरकारले गत वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचनाको पुननिर्माण कार्य तत्कालका लागि राष्ट्रिय योजना आयोगमार्फत गराउने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नवरपुनर्निर्माण कार्य पुनर्निर्माण प्राधिकरणमार्फत काम गराउनुपर्ने भए पनि पुनर्निर्माण प्राधिकरण विधेयक लामो समयदेखि व्यवस्थापिका संसदमा विचाराधीन रहेकाले विधेयक पारित नहुन्जेल आयोगमार्फत काम गराउने निर्णय गरेको हो । ‘विधेयक पारित हुन ढिलाइ हुँदा भूकम्प गएको महिनौंसम्म पनि पुनर्निर्माणको काम थाल्न सकिएको छैन, भूकम्पपीडित मारमा छन,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री शेरधन राईले भने, ‘यसर्थ विधेयक पारित नहुन्जेल पुनर्निर्माणको काम योजना आयोगले गर्छ ।’

वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षति पुर्यामएका संरचनाको पुनर्निर्माण गर्न सुशील कोइराला नेतृत्वको सरकारले अध्यादेशमार्फत प्राधिकरण गठन गरे पनि समयमै संसदबाट प्रतिस्थापन विधेयक पेस हुन नसक्दा ६० दिनमै आयोग खारेज भएको थियो । संरचना कस्तो हुने र नेतृत्व कसले पाउने भन्ने विषयमा कांग्रेस र एमालेबीच विवाद हुँदा प्राधिकरण गठनमा ढिलाइ भएको छ । कांग्रेसले एमालेको असहयोगका कारण त्यतिबेला विधेयक पास हुन नसकेको आरोप लगाउँदै आएको छ। सरकारले केही दिनअघि मात्रै पूर्वगभर्नर युवराज खतिवडालाई योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको छ । आजको नागरिकमा खबर छ ।

Womui
Womui