औषधि बोकेको ट्रकमा मोर्चाका कार्यकर्ताले आगो लगाए

25

वीरगन्ज, मंसिर ४—
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधि बोकेको ट्रकमा आगजनी गरिदिएका छन् । मोर्चाले औषधिलगायत अत्यावश्यक सामग्री नरोक्ने निर्णय गरेको केही घन्टापछि नै नेशनल ट्रेडिङ अगाडि औषधि बोकेको ना२ख ८३९२ नम्बरको ट्रकमा आगजनी भएको हो । मोर्चालेको निर्णयसँगै ब्यवसायीहरुले औषधि पठाउने तयारी गरिरहेका बेला ट्रकमाथि आगजनी हुनु दुःखद भएको व्यवसायीले बताएका छन् । आगजनी राति १ बजेतिर गरिएको पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले बताए । आगजनीले औषधिलगायतका सामग्री जलेर नस्ट भएको बोगटीले जनकारी दिएका छन् ।

Womui
Womui