सरकारद्धारा १४ जना सचिवको सरुवा

42

काठमाडौं, मंसिर ३–
सरकारले गृह, अर्थलगायत १४ सचिवको सरुवा गरेको छ । मन्त्रपिरिषदको बिहीबार बसेको बैठकले सचिवहरुको सरुवा गरेको हो । सचिवहरुलाई विभिन्न समूहमा क्लस्टरिङ गरिएपछि पहिलोपल्ट सचिवको सरुवा गरेको हो । बैठकले गृह मन्त्रालयको सचिवमा नारायणगोपाल मलेगोलाई सरुवा गरेको छ । प्रधानमन्त्री कार्यालयमा रहेका सचिव मलेगोलाई गृहमा लगिएको हो। मन्त्रिपरिषदको बैठकले सूर्य सिलवाललाई गृहबाट हटाएर भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा गरेको छ । बैठकले भूमिसुधार मन्त्रालयबाट लोकदर्शन रेग्मीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ ।

अर्थ मन्त्रालयका सचिव सुमन प्रसाद शर्मालाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ । ऊर्जा मन्त्रालयका राजेन्द्र किशोर क्षेत्रीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट सचिव धनबहादुर तामाङलाई जल तथा उर्जा आयोगमा सरुवा गरिएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा बन मन्त्रालयका सचिव मधु रेग्मीलाई सरुवा गरिएको छ । अतिरिक्त समूहमा रहेका उदयचन्द्र ठाकुरलाई बन मन्त्रालयमा सरुवा गरिएको छ । युवातथा खेलकुद मन्त्रालयबाट दिपेन्द्रनाथ शर्मा र अतिरिक्त समूहमा रहेका विजय मल्लीकलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । विजय मल्लीकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय सूचना आयोगका लक्ष्मण मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ, भने सुदुरपश्चिममा क्षेत्रीय प्रशासक शरदराज विष्टलाई सूचना आयोगमा सरुवा गरिएको छ । बैठकले शान्ति तथा पुननिर्माण मन्त्रालयका सचिव रमेशकुमार शर्मालाई महालेखा नियन्त्रणको कार्यालयमा सरुवा गरिएको छ ।

रक्षा मन्त्रालयबाट ईश्वरीप्रसाद पौड्याललाई शान्ति तथा पुननिर्माण मन्त्रालयमा सरुवा गरिएको छ । बैठकले उपराष्ट्रपतिको कार्यालयमा निमित्त सचिव रहेकी जिवनप्रभा लामालाई एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अध्यक्ष रहेको उच्चस्तरीय राजनीतिक समितिको सचिवसहर सुविधा पाउने गरी सदस्यचिवको जिम्मेवारी दिएको छ । निजामति कर्मचारी निजामति सेवाभित्रै रहनुपर्ने भए पनि राजनीतिक संयन्त्रमा निजामति कर्मचारी खटाइएको पहिलोपल्ट हो ।

Womui
Womui