कालोबजारीविरुद्ध अदालतमा रिट दायर

139

नेपालगन्ज, मंसिर ३–
कालोबजारी नियन्त्रण गर्न माग गर्दै कानुन व्यवसायीले रिट दायर गरेका छन् । पुनरावेदन अदालत नेपालगन्जमा बिहीबार प्रमुख जिल्ला अधिकारी, नेपाल आयल निगमका क्षेत्रीय प्रमुख र वाणिज्य कार्यालय प्रमुखविरुद्ध रिट दायर गरिएको हो । महिला कानुन र विकास मन्चको सहकार्यमा अधिवक्ता लोकबहादुर शाह, बिश्वजित तिवारी, सुनिलकुमार श्रेष्ठ, बलबहादुर चन्द र खिमराज गिरिले रिट दर्ता गराएका छन् । इन्धन सहज, सरल र पारदर्शी तरिकाले वितरण नगरेका कारण बजारमा कालोबजारी बढेको र नियन्त्रणमा चासो नदिएको निवेदकको आरोप छ ।

Adalt pic

परमादेश माग गरिएको उक्त रिट निवेदनमा पेट्रोल, डिजल, मट्टितेल, ग्यास लगायतका इन्धन, औषधी र खाद्यान्न सहज गराउन, कालोबजारी हुन नदिन, अव्यवस्थित र अनियमित रुपमा भइरहेको विक्री वितरणको कार्यलाई रोक लगाउनुपर्ने लगायत विभिन्न माग राखिएको छ । उक्त निवेदनको अदालतका मुख्य न्यायधिस बमकुमार श्रेष्ठको एकल ईजलासले मुद्दा दर्ता गर्न अनुमति प्रदान गरेको छ । निवेदकको पक्षमा अधिवक्ताहरु सुनिलकुमार श्रेष्ठ, केवलसिंह थारु, बल बहादुर चन्द, बिश्वजित तिवारी, लोकबहादुर शाह, खिमराज गिरि र उदयराज बर्माले बहस गरे ।

Womui
Womui