पारवहन र आपुर्ति व्यवस्थामा अवरोध पु¥याएर भारतले दुःख दियो : उप-प्रधानमन्त्री थापा

44

नेपालगन्ज, मंसिर ३–
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नाकामा पारवहन र आपुर्ति व्यवस्थामा भारतले अवरोध पु¥याएर नेपाली जनतालाई दुःख दिइरहेको बताएका छन् । राप्रपा नेपाल बाँकेले बिहीबार नेपालगन्जमा गरेको स्वागत तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भारतको अवरोधले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रलाई अस्तव्यस्त तुल्याएको औल्याए । ‘हामी बुझ्न सकिरहेका छैनौ, छिमेकी मित्र राष्ट्रले किन यस्तो गरिरहेको छ,’ उनले भने ‘हामीले आफ्नो संविधान बनाएका हौं, भारतको अहित हुने काम गरेका छैनौ ।’ मधेसवादी दलले उठाएका माग राजनीतिक ढंगबाटै समाधान गर्न सरकार प्रतिवद्ध रहेकोमा जोड दिए ।

कार्यकर्तालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री कमल थापा ।
कार्यकर्तालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री कमल थापा ।

सिमांकनको विवादलाई भने दुई पक्ष मात्र बसेर मिलाउन नसकिने उनले बताए । प्रदेशको सिमांकनलाई हेरफेर गर्न सकिने भएपनि यसमा राजनीतिक सहमती हुनुपर्ने सरकारी बार्ता टोलीका संयोजक समेत रहेका थापाको भनाई छ । ‘संसदिय समिति, संघिय आयोग वा राजनीतिक समिति बनाएर भएपनि विवाद टुंग्याउन सकिन्छ,’ उनले थपे । मधेसवादी दलले राख्दै आएका जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेसी सिद्धान्त उल्लेख गर्नुपर्ने मागलाई भने बार्ताको माध्यमबाट पुरा गर्न सरकार तयार रहेको बताए । सो अवसरमा बोल्दै स्थानीय विकास राज्यमन्त्री कुन्ति शाहीले राज्यको हरेक निकायमा अब महिलाले अवसर पाउने बताईन् ।

RPP Nepal Vela

सरकारले रचनात्मक काम गरेर देखाउने उनको भनाई छ । गाउँ–गाउँमा राप्रपा नेपालको उपस्थिती देखाइने राज्यमन्त्री शाहीले बताईन् । सो अवसरमा राप्रपा नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष डा. धवलसम्शेर राणा लगायतले बोलेका थिए । राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले बिहीबार नै कोहलपुरमा आयोजित एक कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् ।

Womui
Womui