पारिश्रमिक न्यून हुँदा पत्रकारले धमाधम कान्तिपुर छाड्दै

108

काठमाडौं, मंसिर ३—
पारिश्रमिक न्यून हुँदा कान्तिपुर दैनिकमा कार्यरत पत्रकारले धमाधाम जागिर छाडेका छन् । त्यहाँ कार्यरत पत्रकारले अचेल धमाधम राजिनामा दिनेक्रम चलिरहेको छ । पछिल्लो पटक पत्रकार सरोजराज अधिकारीले कान्तिपुर दैनिक पत्रिकाबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिनुको कारण नखुलाएपनि सेवा, सुविधा नबढाउनु मुख्य कारण रहेको बुझिएको छ । एकिकृत माओबादीको रिपोर्टिङ गर्दै आएका अधिकारी र व्यवस्थापनबीच केहीदिन अगाडी खटपट समेत भएको थियो ।

Kantipur

कान्तिपुर दैनिकले पत्रकार कर्मचारीलाई दिने तलव स्केल र सेवासुविधा अन्य सञ्चार माध्यम भन्दा निकै न्यून रहेका कारण कर्मचारीको आर्कषण घटेको स्रोतको दावी छ । कान्तिपुर पत्रिकामै पर्यटनमा रिपोर्टिङ गर्ने शिला पाण्डे पनि छाड्ने मनस्थितीमा पुगेकी छन् । यसअघि कान्तिपुर दैनिकबाट सुजित महत, लोकमणि राई, कल्पना घिमिरे, प्रतिमा बास्कोटा, रोशन अधिकारी लगायतले जागिर छाडि सकेका छन् । यस्तै कान्तिपुर टिभीबाट पनि यसअघि विजय पौडेल, तीर्थ कोइराला, रुपेश श्रेष्ठ, अनिल थापाले जागिर छाडी सकेका छन् ।

Womui
Womui