पत्रकार महिलालाई दुईदिने तालिम

29

नेपालगन्ज, मंसिर ३–
सामुदायिक एफएममा कार्यरत पत्रकार महिलाका लागि सामुदायिक रेडियोमा लैगिक संवेदनशलि कार्यक्रम उत्पादन विषयक दुई दिने तालिम नेपालगन्ज बिहिबारदेखि सञ्चालनमा आएको छ । क्रियाशील पत्रकार महिला र अस्मिता महिला प्रकाशन गृहको संयुक्त आयोजनामा सञ्चालन भएको तालिममा बाँके र बर्दियाका २० जना पत्रकार महिलाको सहभागिता रहेको छ । युनेस्कोको सहयोगमा सञ्चालित तालिममा क्रियाशील पत्रकार महिला काठमाण्डौका अध्यक्ष सुवेच्छाविन्दु तुलाधर र उपाध्यक्ष अमिका राजथलाले सहजीकरण गरेकी छन् ।

उक्त तालिममा सामुदायिक रेडियोको प्रभाव र महत्व, सामुदायिक रेडियोमा लैगिक संवेदनशीलता, रेडियोमा प्रशारण हुने सामग्रीको श्रोतामा प्रभाव, सामुदायिक रेडियोको अवस्था, समस्या र चुनौति, महिला सशक्तिकरण, लैगिक समानता, नेपालमा लैगिक समानताका लागि भएका प्रयासलगायतका विषयमा सहजीकरण गरिएको छ । तालिम उद्घाटनमा क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष उमा थापामगर, पुर्व अध्यक्ष अछरी पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui