पेट्रोलमा निगम स्थानीय प्रशासनको चलखेल

98

नेपालगन्ज, मंसिर ३—
नेपाल आयल निगमले उपभोक्तालाई झुक्याएर नेपालगन्जमा पेट्रोल वितरणको काम रोकेको छ । रुपैडिहा नाकाबाट तीनदिन अघि भित्रिएको पेट्रोललाई नेपालगन्ज र कोहलपुरमा बुधबार नै वितरण गर्ने समय तय गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको समितिले पनि नेपालगन्जस्थित हरि ओम आयल र कोहलपुरका कनोडिया लगायत ३ वटा पम्पमा पेट्रोल वितरण गर्ने निर्णय गरेपनि आयल निगमले कार्यान्वयन नगरेको हो । पेट्रोल वितरण हुने हल्लाले बुधबारबाट दिउँसोबाट नै नेपालगन्जको हरिओम आयलमा मोटरसाईकल र कारको भिडभाड थियो ।

भारतको रुपैडिहाबाट भित्रिएका डिजल बोकेका ट्यांकर ।
भारतको रुपैडिहाबाट भित्रिएका डिजल बोकेका ट्यांकर ।

जिल्ला प्रशासन कार्यालयको निर्णय बमोजिम सुचना पाएका उपभोक्ताहरु तेल लिन बुधबार दिउँसोदेखि आज बिहीबार बिहान सम्म पम्पमा पुगेर रित्तो हात फर्किन बाध्य भएका थिए । उपभोक्ताहरु आयल निगम र स्थानीय प्रशासनविरुद्ध आक्रोशित छन् । उपभोक्ताहरुले अब संगठित भएर इन्धनमा भएको व्यापक कालोबजारी विरुद्ध आयल निगम राँझा र प्रशासन कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । स्रोतका अनुसार आयल निगमले आर्थिक चलखेलमा लागेर कोहलपुरका पम्पलाई पेट्रोल उपलब्ध गराएपनि नेपालगन्जको पम्पलाई नदिएको बुझिएको छ ।

Womui
Womui