भारतीय कम्पनी बन्द गराउन विप्लव माओबादीको सक्रियता

156

नेपालगन्ज, मंसिर ३–
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले माथिल्लो कर्णाली आयोजना निर्माणको ठेक्का पाएको भारतीय निर्माण कम्पनी जिएमआरलाई एक महिनाभित्र सुर्खेत र दैलेखमा रहेका सम्पर्क कार्यालय बन्द गर्न चेतावनी दिएको छ । जिएमआरको सुर्खेतस्थित सम्पर्क कार्यालयमा पुगेर विप्लव माओवादीले पुस १ गतेभित्र दैलेख र सुर्खेतका कार्यालय बन्द गरेर फिर्ता जान चेतावनी दिएको हो । एक महिनाभित्र आफुहरुले सुर्खेत र दैलेखका कार्यालयहरु बन्द गर्न अनुरोध गरेको विप्लव माओवादीका भेरी–कर्णाली इन्चार्ज भरत बम रणवीरले बताएका छन् । अनुरोधको बेवास्ता गरिए बल प्रयोग गर्न बाध्य हुने उनको चेतावनी छ । विप्लव माओबादीले सुरु देखि नै माथिल्लो कर्णाली आयोजना भारतीय कम्पनीलाई दिने निर्णयको विरोध गर्दै आएको छ । नेपालमाथि अनावश्यक चासो राखेर भारतले हस्तक्षेप गरेका कारण बन्द गर्नुपर्ने निर्णयमा पुगेको विप्लव माओबादीले जनाएको छ ।

Womui
Womui