कपिलवस्तुमा बस दुर्घटना हुदाँ दुईको मृत्यु

221

कपिलवस्तु, मंसिर ३—

कपिलवस्तुमा भएको सवारी दुर्घटनामा दुई यात्रुको मृत्यु भएको छ । शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा भएको दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् । दुर्घटनामा परी बाँके कोहलपुरका शिवकुमार खत्री र पर्वतमा कार्यरत प्रहरी जवान चन्द्रबहादुर रोकाको मृत्यु भएको हो ।

Bus

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार घाइतेहरुको कपिलवस्तु र रुपन्देहीको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । नेपालगन्जबाट पूर्व तर्फ जादै गरेको ना ४ ख. ५३१९ नम्बरको बसलाई सोही दिशा बाट आइरहेको ना.४ ख १०९४ नम्बरको बसले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना राती करिव १ बजेतिर भएको हो ।

Womui
Womui