उपचार नपाउँदा पुर्व लडाकु घरमै थलिए

122

नेपालगन्ज, मंसिर ३—

नयाँ संविधान जारी भएसँगै मुलुकमा लोकतन्त्र, गणतन्त्र स्थापित भइसकेको छ । राजनीतिक परिर्वतनले मुलुक नयाँ दिशातर्फ अगाडी बढीरहेका बेला लोकतन्त्र र गणतन्त्र ल्याउन महत्वपुर्ण भूमिका खेलेका व्यक्ति अहिले ओझेलमा परेका छन् । मुलुक परिवर्तनका लागि तत्कालिन माओबादी सशस्त्र द्धन्द्धमा ज्यानको बाजी थापेर लडेका घाईतेहरु अहिले पनि राम्रो उपचार नपाएर छट्पटाइरहेका छन् । यस्तै मध्येका घाईते माओबादी पुर्व लडाकु सर्जन बिक झण्डै १३ बर्षदेखि गोलीको पीडा सहेर बस्न बाध्य भएका छन् । कालिकोटका स्थायी बासिन्दा उनी केहीवर्ष देखि बाँकेको बनकटुवामा बस्दै आएका छन् ।

purba ladaku

ठाउँ–ठाउँको लडाईमा गोली लाग्दा उनी थला परेका हुन् । ‘आफ्नो ज्यानको बाजी थापेर जनयुद्धमा लडियो, संविधान आउँदा पनि खल्लो महसुस भयो मलाई,’ उनी भन्छन् । ‘जनयुद्ध’ का घाईते, अपांग र बेपत्ता परिवारलाई राज्य र पार्टीले बेवास्ता गर्दा नरमाइलो लागेको बिकको भनाई छ । २०५९ मा म्याग्दीको बेनी आक्रमणका क्रममा दाया खुट्टा र शरिरका अन्य भागमा गोली लागेको थियो । त्यसपछि उनी थलिएका हुन् । भारतको लखनउमा उपचार गराएपनि शरिरभित्र रहेको गोली बाहिर निकाल्न नसकिएको उनले बताए । पुर्वलडाकु बिक हिडडुल गर्न सक्दैनन् । चौविसै घण्टा ह्वील चियरको साहारामा हुन्छन् । दिसा, पिसाव गर्न पनि अर्काको साहारा लिनुपर्छ । ‘म शारिरीक रुपले पुर्ण रुपमा अपांग भएको छु, तर दिमागको अपांग छैन,’ बनकटुवामा आयोजित सम्मान कार्यक्रममा उनले भने । राज्यबाट अवसर पाएको खण्डमा केही गर्न सक्ने बिकले बताए ।

आफु पुर्ण अपांग भएपनि रातो परिचय पत्र पाउनबाट बन्चित भएको गुनासो गरे । २०५४ सालमा १३ बर्षको उमेरमा तत्कालिन माओबादीको जनयुद्धमा लागेका थिए । विपन्न परिवारका बिक शान्ति प्रक्रिया पश्चात घाइते अवस्थामै स्वीच्छिक अवकाश लिएर बनकटुवा बसाई सरेर आएका हुन् । लामो समयदेखि उपचार नपाएका बिकलाई एकिकृत नेकपा माओबादी बनकटुवा गाउँ कमिटिले देउसी, भैली खेलेर संकलन गरेको ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्दै बुधबार दोसल्ला ओढाएर सम्मान ग¥यो । कार्यक्रमका प्रमुख अतिथी र विशिष्ट अतिथीले बिकलाई नगद रकम हस्तान्तरण गरे ।

Womui
Womui