नेपालगन्जमा २४ ट्यांकर इन्धन भित्रियो

137

नेपालगन्ज, मंसिर २–
नेपालगन्जमा बुधबार २४ ट्यांकर इन्धन भित्रिएको छ । आन्दोलनरत मधेसी मोर्चाले मध्यान्ह १२ देखि २ बजे सम्म दसगजामा धर्ना दिएको थियो । धर्ना अवधिभर सिमा ओहोर–दोहोर गर्ने ठुला सवारी साधन ठप्प भएपनि मोर्चाका कार्यकर्ता दसगजा क्षेत्रबाट हटेपछि रुपैडिहामा रोकिएका सवारी साधन धमाधम भित्रिएका हुन् ।

Tankar

ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार बुधबार २४ वटा पेट्रोलियम ट्यांकर भित्रिएका छन् । जसअनुसार २३ डिजल र एउटा पेट्रोल रहेको छ । यस्तै ६८ वटा अन्य मालबाहक ट्रक तथा कन्टेनर पनि भित्रिएका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहा प्रहरी सहायक निरिक्षक हरि गुरुङले नाकामा आवत–जावत सहज भएको बताए । ‘भारतबाट नेपालतर्फ आउने सवारी साधनमाथि कुनै अवरोध छैन,’ उनले भने ।

Womui
Womui