पिस म्याराथनको तयारी अन्तिम चरणमा

116

नेपालगन्ज, मंसिर २–
तत्कालिन माओबादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको दिनको सम्झनामा आगामी मंसिर ५ गते हुन लागेको ‘नेपालगन्ज पिस म्याराथन’ को तयारी तिब्र पारिएको छ । म्याराथनलाई भब्य र सभ्य बनाउन विभिन्न उप–समिति गठन गरी तयारी अगाडी बढाइएको हो । क्रियटिभ ह्याण्ड्सले गर्न लागेको म्याराथनको उद्घाटन गृहमन्त्री शक्ति बस्नेतले गर्ने निश्चित भएको छ । बिहान ७ बजे गृहमन्त्री बस्नेतले म्याराथनको उद्घाटन गरेपछि रंगशालामा बहुभाषिक शान्ति सद्भाव उत्सव गरिनेछ ।

Peace Marathun

उक्त उत्सवमा विभिन्न स्कुल तथा संघ, संस्थाले राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ । साथै ट्राईसाइकल दौड, शान्ति चित्रकला प्रदर्शनी र हिंसा विरुद्ध शान्ति अठोठ अभियान पनि सञ्चालन गरिने क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

Womui
Womui