रुपैडिहा नाकाबाट आवत जावत सुचारु

175

नेपालगन्ज, मंसिर २–
अघोषित ‘नाकाबन्दी’ गरेको भारतले रुपैडिहा नाकामा सवारी साधन आवत–जावत सहज बनाएको छ । विगत तीनदिन देखि नाकामा भारतीय पक्षले अवरोध हटाएको हो । संविधान निर्माणको विषयमा असन्तुष्टी जनाउँदै झण्डै दुई महिनादेखि अघोषित रुपमा नाकाबन्दी गर्दै आएको भारतले केपी ओली प्रधानमन्त्री भएपछि रुपैडिहाबाट पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधन सहज रुपमा प्रवेश हुन दिएको थियो । वीरगन्ज नाकामा मधेसी मोर्चा र प्रहरीबीच तनाव उत्पन्न भएपछि गत कात्तिक १७ गतेदेखि पुनः रुपैडिहा नाकामा भारतीय भन्सारले प्रवेश अनुमतिमा रोक लगाएको थियो ।

Tankar

दुई साता सम्म पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधन नेपाल प्रवेशमा अवरोध पु¥याउँदै आएको भन्सारले तिहारपछि नाका खुकुला पारेको हो । तीनदिन यता नाकाको अवरोधलाई भारतीय पक्षले हटाइसकेको संकेत देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिए ।  ‘तीन दिनदेखि यो नाकाबाट सहज रुपमा इन्धन र मालबाहक गाडी भित्रिन पाएका छन,’ उनले मंगलबार भने ‘आजको दिन सम्म नाका सहज छ, तर भोली के हुन्छ थाहा छैन ।’ नाकाको अवरोध हटाएको विषयमा भारतीय पक्षले आफुहरुलाई कुनै प्रतिक्रिया नदिएको प्रजिअ लेखकले बताए । उनले थपे, ‘नाकामा अवरोध गर्ने र खोल्ने भारतीय पक्षको भित्रि कुरा बुझ्न गाह्रो छ ।’

तीनदिन देखि अवरोध हट्दा पेट्रोलियम ट्यांकर र मालबाहक अन्य सवारी सहज रुपमा नेपाल प्रवेश भइरहेको उनले बताए । यसअघि जस्तो पेट्रोलियम ट्यांकर र अन्य मालबाहक सवारी साधनलाई भन्सार अनुमति लिन अचेल रुपैडिहामा लामो समय सम्म रोकिनु नपरेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । इप्रका जमुनाहाका अनुसार मंगलबार ११ ट्यांकर डिजल र ३ ट्यांकर पेट्रोल तथा ५६ वटा अन्य मालबाहक सवारी साधन नेपालगन्ज भित्रिएका छन् । यि सबै सवारी साधनले मंगलबार नै भारतीय भन्सारबाट प्रवेश पास लिएको इप्रका जमुनाहका प्रहरी सहायक निरिक्षक हरि गुरुङले बताए । ‘भारतीय भन्सारले आज त छिटो–छिटो प्रवेश पास दिइरहेको छ, त्यसकारण गाडीहरु धमाधम भित्रिरहेका छन,’ गुरुङले भने ।

Womui
Womui