जुवामा प्रहरीबाटै गोलमाल

35

नेपालगन्ज, मंसिर २–
लक्ष्मीपूजाका दिन सुर्खेत प्रहरीले वीरेन्द्रनगर–१८ स्थित एक पानी कम्पनीभित्र चलिरहेको जुवाखालमा छापा हान्यो । भाग्न सफल एक जुवाडेका अनुसार खालमा करिब ६० देखि ७० लाख रुपैयाँ थियो । प्रहरीले भने ५ लाख ४२ हजार ७ सय ५० रुपैयाँ मात्र जफत भएको मुचुल्का उठायो । बाँकी पैसा कहाँ गयो त ? जुवाखालबाट भागेका ती व्यक्ति भन्छन्, ’केही पैसा प्रहरीले लुकायो, केहीचाहीँ प्रहरीकै मिलेमतोमा बाहिर ’सप्लाई’ गरियो ।’

उनका अनुसार जुवाखालमा राखिएको सुनसमेत परिचित व्यक्तिमार्पmत बाहिर पठाइएको थियो । यसमा छापा मार्न गएको प्रहरीले नै सहयोग गरेको उनले बताए । जुवा अखडाहरू वर्षभरि निर्बाध चले पनि विशेष गरी तिहारका बेला नियन्त्रण अभियानमा लाग्ने प्रहरीमाथि बरामद रकमको पारदर्शिताबारे शंका उब्जिने गरेको छ । प्रहरीले आफ्नो ’इन्ट्रेस्ट’मा मात्र छापा हान्ने गरेको आरोप पनि उत्तिकै लाग्ने गरेको छ । बरामद रकम लुकाएको आरोप सार्वजनिक भएपछि सुर्खेत प्रहरीले घटनाको तीन दिनपछि कार्यालयमै पत्रकार सम्मेलन आयोजना ग¥यो जहाँ पक्राउ परेका ११ जनामार्पmत ’मुचुल्कामा उल्लिखित रकम मात्र बरामद गरिएको’ भनियो । ’हामीले जुवा त खेलेका हौं तर त्यति ठूलो रकम हामीसँग थिएन ?,’ पक्राउ परेका बखत भण्डारीले प्रहरीको पत्रकार सम्मेलनमा भने, ’प्रहरीमाथि यस्तो आरोप किन लगाइयो, हामीलाई अचम्म लागेको छ ।’

सुर्खेतमा रकम गोलमाल गरेको आरोप खेपिरहेको प्रहरीमाथि बाँकेमा भने पूर्वाग्रह साँधेर नियतवश दुःख दिएको आरोप लागेको छ । धम्बोझीस्थित होटल सिटी प्यालेसबाट पक्राउ परेको सात दिनपछि थुनामुक्त भएका आठ जनाले आपूmहरूले जुवा नखेले पनि योजनाबद्ध रूपमा फसाइएको बताए । ’जुवा चलिरहेको थियो भने खालबाट पैसा किन उठाइएन ?’ नागरिक कार्यालयमै आएका विष्णु अर्यालले भने, ’प्रहरीको मुचुल्कामा पनि मसँग एक रुपैयाँ बरामद नभएको उल्लेख छ तर जुवाडे भनेर यत्रो दिनसम्म थुनेर दुःख दिइयो ।’ अर्यालले भनेझैं प्रहरी प्रतिवेदनले पनि बरामद भएको रकम जुवा खालबाट नउठाएको संकेत गर्छ । सामान्यतया जुवा चलिरहेको ठाउँबाट नगद बरामद गर्दा कसबाट कति रुपैयाँ बरामद भयो भनेर खुल्दैन । भेरी अञ्चल प्रहरीप्रमुख एसएसपी धिरु बस्न्यात नेतृत्वको टोलीले भने आठ जना व्यक्तिबाट १ हजारदेखि १ लाख १९ हजार रुपैयाँसम्म बरामद गरिएको जनाएको छ ।

विष्णु र भरतसिंह राठोरबाट भने पैसा बरामद नभएको प्रहरी रिपोर्टमा उल्लेख छ । ’होटलमा आ–आफ्नो कामले गएका हामीलाई एक्कासि आएर अभद्र व्यवहार गर्दै खानतलासी गरियो,’ प्रहरी निरीक्षकसमेत रहेका राठोरले भने, ’पकेटमा पैसा नभएको मान्छे कसरी जुवा खेल्न जान सक्छ ?’ जिल्ला प्रहरी कार्यालयका डिएसपीले आफ्नो परिवारका लागि होटल व्यवस्था गर्न भनेकाले आपूm त्यही कामको लागि पुगेको उनले बताए । बाँके प्रहरीप्रमुख एसपी वसन्त पन्तको भनाइले पनि ’सिटी प्यालेस जुवा–काण्ड’लाई विवादित बनाएको छ । आरोपितहरूले जुवा नखेलेको दाबी गरिरहँदा एसपी पन्तले ’नखेले पनि खेल्ने नियतले जम्मा भएका’ ले कानुनी कारबाहीका लागि पक्राउ गरिएको बताए । ’जुवा खेल्ने र हेर्ने दुवैका लागि जुवा ऐन आकर्षित हुन्छ,’ उनले भने, ’उहाँहरूको दाबी सही भए प्रहरीले किन पक्राउ गथ्र्यो र ?’ आजको नागरिकमा खबर छ ।

Womui
Womui