नेपालगन्जमा आज पेट्रोल बाँडिने

89

नेपालगन्ज, मंसिर २–
बाँकेका विभिन्न पम्पमा बुधबार आज पेट्रोल वितरण गरिने भएको छ । भारतबाट जमुनाहा हुदै भित्रिएको पेट्रोललाई पम्पमार्फत उपभोक्तालाई वितरण गर्न लागिएको हो । तर, कुन–कुन पम्पबाट पेट्रोल वितरण गर्ने भन्ने टुंगो नलागेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले आज स्थानीय प्रशासन, आयल निगम, पेट्रोलियम डिलर्स एशोसियशन लगायतको निर्णयका आधारमा पम्प निर्धारण गरि पेट्रोल वितरण गरिने बताए । ‘नेपालगन्जमा भित्रिएको पेट्रोल मध्ये केही काठमाडौं पठाउनुपर्ने हुनसक्छ, बाँकी पेट्रोल जिल्लाका केही पम्प मार्फत उपभोक्तालाई वितरण गरिनेछ, उपभोक्ताले भोली जसरी भएपनि पेट्रोल पाउनु हुन्छ ।’ आयल निगमले डिजलको तुलनामा पेट्रोल निकै कम परिमाणमा वितरण गर्दै आएको छ । पेट्रोलको चरम अभाव सिर्जना भएपनि कालो बजारी व्यापक रुपमा मौलाएको छ ।

Womui
Womui