नेपाल र पपुवा न्यूगिनीबीच क्रिकेट हुदै

51

काठमाडौं, कात्तिक ३०–
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल आज सोमबार पपुवा न्यूगिनीसँग भिड्ने भएको छ । यूएईको अबुधाबीमा हुने खेलमा दुबै टीम उत्तिकै दबावमा हुनेछ र जितका लागि आतुर छन् । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुबै टोलीले हार व्यहारेका थिए । नेपाल स्कटल्याण्डसँग र पपुवा न्यूगिनी नेदरल्याण्ड्ससँग पराजित भएको थियो । च्याम्पियनसिपका ८ मध्ये ६ टीमले २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्नेछन् । नेपालले आज आपनिङमा अनिल मण्डल र सुवास खकुरेलको जोडीलाई उतार्नेछ । अनिल पछिल्लो समय लयमा छन् । पाकिस्तानविरुद्ध ६१ रन बनाएका उनले हङकङसँगको दुईदिवसीयमा ६४ नटआउट र ४४ रन बनाएका थिए । ओमानसँगको खेलमा भने उनलाई आराम दिइएको थियो ।

Nepali Criket toli

ओमानसँगको खेलमा भने नेपालको सुरुवातका तीन ब्याट्सम्यान आउट भएपछि ब्याटिङमा पुरानै समस्या देखिएको थियो । तर, कप्तान पारस खड्काले ४९ र ज्ञानेन्द्र मल्लले ७१ रन बनाएका थिए । अलराउण्डर सागर पुन तेस्रो स्थानमा ब्याटिङ गर्ने सम्भावना छ । त्यसो भएमा ज्ञानेन्द्र, पारस, शरदले आफ्नो नियमित नम्बरबाट झरेर क्रमशः चौथो, पाँचौ र छैटौं नम्बरमा ब्याटिङ गर्नेछन् । मेहबुब आलाम सातौं नम्बरमा हुनेछन् । बलिङमा सोमपाल कामी, करण केसी, शक्ति गौचन र बसन्त रेग्मी छन् । तर, सोमपाल चोटका कारण खेल्न सक्ने नसक्ने अन्यौल छ ।

Womui
Womui