जुवा खेल्दा प्रहरी निरिक्षक राठौंर निलम्वित

28

नेपालगन्ज, कात्तिक ३०–
जुवा खालबाट रंगेहात पक्राउ परेका प्रहरी निरिक्षक भरतसिंह राठौर निलम्वित भएका छन् । उनलाई आफ्नै संगठन नेपाल प्रहरीले निलम्वन गरेको हो । भेरी अन्चल प्रहरी प्रमुख धिरु बस्न्यातले राठौरलाई निलम्वन गरिएको जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय धनौली, खजुरा बाँकेमा कार्यरत प्रहरी निरिक्षक राठौरलाई नेपालगन्ज स्थित एक होटलबाट यहि कात्तिक २४ गते राती एसएसपी बस्न्यातले नै पक्राउ गरेका थिए । त्यसरात राठौर सहित ८ जुवाडे पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका राठौरलाई विभागिय कारवाही गर्नका लागि निलम्वन गरिएको एसएसपी बस्न्यातले बताए । ‘विभागिय कार्वाही गर्नुपर्दा निलम्बन गरेर मात्र गर्ने प्रक्रिया छ, त्यसै अनुरुप ईन्स्पेक्टर राठौरलाई निलम्बन गरिएको हो,’ एसएसपी बस्न्यातले भने ‘विभागले कार्वाही प्रक्रिया अघि बढाएको छ, छानविन जारी छ ।’ उनलाई जुवा ऐन अन्तर्गतको कानुनी कारबाही पनि अलग्गै हुने बताए ।

nepal police

कानुनको पालना गर्न सिकाउने प्रहरी अधिकृत आफैले कानुन उल्लंघन गरेपछि कारबाही गर्नुको विकल्प नरहेको उनको भनाई छ । एसएसपी बस्न्यातले गलत कार्य गर्ने कसैलाई पनि आफुले नछोड्ने बताए । कानुन विपरित कार्य गर्ने, धम्क्याउने कोहीपनि कानुनको दायराबाट उम्कन नपाउने एसएसपी बस्न्यातको भनाई छ । पक्राउ लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएका प्रहरी निरिक्षक राठौर सहितका जुवाडे विरुद्ध जुवा ऐन अन्र्तगत अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखा इन्चार्ज प्रहरी निरिक्षक हिक्मत बोहराले सबै जुवाडेलाई अहिले पनि हिरासतमै राखेर अनुसन्धान गरिरहेको जानकारी दिए । ‘पक्राउ परेका मध्ये २÷४ जना पटके जुवाडे छन,’ बोहराले भने ‘सबै अभियुक्तलाई अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेका छौं ।’ राठौर सहित प्रकाश शाह, अनय शर्मा, रामजी यादव, दुर्गा अर्याल, विष्णु अर्याल, हेमन्त केसी, प्रेम शाह पक्राउ परेका थिए । भेरी अञ्चल प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले होटलमा छापा मार्दा जुवाडेबाट २ लाख ९५ हजार २ सय १० रुपैयाँ बरामद भएको थियो ।

Womui
Womui