भारतीय सुरक्षाकर्मीबाट कञ्चनपुरमा बालकमाथि निर्घात कुटपिट

94

कञ्चनपुर, कात्तिक ३०–
भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरमा एक बालकलाई निर्घात कुटपिट गरेका छन् । आइतबार राति बेलुका करिव साढे ७ बजे नेपालरभारत सीमा स्तम्भ नम्बर १५ नजिक नेपाली भुमीमा स्कुटी चलाएर घर फर्की रहेको अवस्थामा एसएसबीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्वर–७ कञ्चनभोज निवासी बिरबल सार्कीको छोरा १३ वर्षका बिशाल सार्कीलाई निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट उनको टाउकोमा गम्भिर चोट लागेको छ । शरिरभरी निल डाम रहेको छ् ।

छिमेकमा रहेको साथीको जन्मदिन मनाउने गएका उनी जाडो भएर घरमा स्वीटर लिन जानेक्रममा एसएसबीले नेपाली भूभागमा आएर बाँसको लौरोले कुटपिट गरेको स्थानीयबासीले बताएका छन् । उनले प्रयोग गरेको भारतिय नम्बर प्लेटको युके ०६ जेड ३२६ स्कुटी पनि तोडफोड गरिएको परिवारले जनाएको छ । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली पुगेर अवस्थाको जानकारी लिएको थियो । नेपाली टोलीले एसएसबीको नजिकको झ्याप्पुझाला पोष्टमा पुगेर घटनाको बारेमा पोष्टको प्रमुखसँग कुराकानी गरेको थियो । झ्याप्पुझाला पोष्टका सई चिरे वेन्गेलले आफ्नो जवान सो ठाउमा ड्युटीमा नभएको भन्दै उल्टो बचाउ गरेका छन् ।

Womui
Womui