रुपैडिहाबाट धमाधम इन्धन भित्रिदै

31

नेपालगन्ज, कात्तिक २९–
लामो समय सम्म इन्धन आपुर्तिमा रोक लगाउँदै आएको भारतीय पक्षले अचानक सिमा क्षेत्र खुकुलो बनाएको छ । माथिबाट आदेश आएको भन्दै रुपैडिहास्थित भारतीय भन्सारले करिव दुई साताअघि पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधन नेपाल प्रवेशमा रोक लगाउँदै आएको थियो । रुपैडिहा क्षेत्रमा लामो समयदेखि रोकिएका पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधनलाई भारतीय भन्सारले तिहार लगत्तै छाड्न थालेको हो । भारतीय भन्सारले आइतबार मात्रै ३१ वटा पेट्रोलियम ट्यांकर छाडेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । जसअनुसार २४ ट्यांकर डिजल, पेट्रोल र हवाई इन्धन ३÷३ ट्यांकर र मट्टितेल १ ट्यांकर रहेको छ ।

रुपैडिहाबाट आइतबार प्रवेश भएका पेट्रोलियम ट्यांकर ।
रुपैडिहाबाट आइतबार प्रवेश भएका पेट्रोलियम ट्यांकर ।

इन्धन बाहेक अन्य ४४ वटा मालबाहक ट्रक तथा कन्टेनर पनि प्रवेश भएको इप्रका जमुनाहाले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरिक्षक हरि गुरुङले भारतीय भन्सारले करिव दुई साताको अवधिभित्र आइतबार सबैभन्दा बढी इन्धन छाडेको बताए । इप्रका जमुनाहाको रेकर्ड अनुसार यसअघि शनिबार रुपैडिहाबाट डिजल ११ ट्यांकर, एलपी ग्याँस र हवाई इन्धन ५÷५ ट्यांकर पेट्रोल र मट्टितेल १÷१ ट्यांकर तथा अन्य ५७ वटा मालबाहक ट्रक तथा कन्टेनर भित्रिएका थिए । यस्तै शुक्रबार सोही नाकाबाट ६ ट्यांकर डिजल, ४ ट्यांकर हवाई इन्धन तथा ३३ वटा अन्य मालबाहक ट्रक भित्रिएको इप्रका जमुनाहा असई गुरुङले जानकारी दिएका छन् ।

Womui
Womui