सरकार र मोर्चाबीचको वार्ता निस्कर्ष विहिन

122

काठमाडौं, कात्तिक २९–
संविधान निमार्णमा नेतृत्वदायी भूमिका खेल्ने प्रमुख राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शिर्ष नेतृत्वबीच पहिलो पटक भएको वार्ता सीमाङकनमा गएर अड्किएको छ । सिंहदरवारमा आइतबार भएको संविधान निमार्णमा नेतृत्वदायी भूमिका खेल्ने सत्तारुढ दल नेकपा एमाले, एमाओवादीसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चा आवद्ध ४ दलबीच भएको वार्ता सीमाङकनमा गएर अड्किएको हो ।

नयाँ संविधान प्रति विमति जनाउँदै ९१ दिनदेखि आन्दोलनरत मोर्चा पहिलो पटक संविधान निमार्णमा नेतृत्वदायी भूमिका खेल्ने दल बिचमा सीमाङकनमा अडकिन पुगेको नेपाली कांग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले बताए । ‘उहाँहरुको मुख्य जोड सीमाङकनमा नै देखियो तर अहिलेसम्म हामी डिटेलमा गएका छैनौ,’ पौडेलले बैठक पछि भने, ‘त्यसमा पुनः छलफल गरेर अघि बढ्ने भनेका छौं ।’ उनका अनुसार पुनः प्रमुख दलबीच मोर्चाले अघि सारेका मागका बारेमा छलफल गरिने छ । बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा ८ बुँदे र १२ बुँदे सहमति कार्यान्वयन गरे समस्याको समाधान हुने बताए ।

Womui
Womui