दुईदेशबीचको सम्बन्धमा प्रतिकुल असर नपार्न प्रधानमन्त्री ओलीको आग्रह

26

काठमाडौं, कात्तिक २९–
प्रधानमन्त्री केपी ओलीले पहिलो पटक आइतबार देशवासीको नाममा सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा उनले लोकतान्त्रिक विधिबाट उत्कृष्ट संविधान बनाउँदा नाकाबन्दीजस्तो अकल्पनीय पीडा भोग्नुपरेको बताए । ‘युद्धका बेला पनि नहुने संकट अहिले नेपालले बेहोर्नुपरेको छ,’ उनले भने । नेपालमा नयाँ संविधान जारी भएपछि अघोषित नाकाबन्दी लगाएर आपूर्ति रोक्ने भारतीय पक्षको व्यवहारलाई अकल्पनीय र अमानवीय भन्दै कडा प्रहार गरे । ‘अहिलेको एक्काइसौं शताब्दीमा पनि एउटा सार्वभौम राष्ट्रले संविधान जारी गर्दा नाकाबन्दी सामना गर्नु पर्ला भनेर कल्पना पनि गरिएको थिएन । तर अहिले अकल्पनीय पीडा भोग्नुपरेको छ,’ उनले थपे ।

PM OLi

ओलीले दक्षिणी सिमामा भएको नाकाबन्दीले स्वतन्त्र राष्ट्रको पञ्चशीलको सिद्धान्त भूपरिपवेशिष्ठ राष्टको पारवाहन सिद्धान्त र अन्र्तराष्ट्रिय कानुनको उलंघन भएको बताए । उनले अघोषित नाकाबन्दी अन्त्य गरेर युगौंदेखिको दुईदेशबीचको सम्बन्धमा प्रतिकुल असर नपार्न भारतीय पक्षसँग आग्रह गरेका छन् । उनले दसैंतिहार र छठजस्ता चाडपर्वका बेला पनि इन्धन र दैनिक उपभोग्यवस्तुहरुको आपूर्ति रोकेर भारतीय पक्षले अमानवीयता प्रदर्शन गरेको आरोप लगाए । उनले भने, चाडपर्वमा पनि जनताको चुल्हो बाल्न र सद्भाव आदान प्रदान गर्न पाएनन्। यस्तो जटिल अवस्थामा पनि जनताले देखाएको सुझवुझ र सहनशीलता प्रति सम्मान प्रकट गर्दछु ।’ प्रधानमन्त्री ओलीले नाकाबन्दी कारण भोग्नुपरेको सकसबाट अब नेपालीका आँखा खुल्नुपर्ने र पाठ सिक्नुपर्ने बताए ।

उनले भने, ‘अब हाम्रो आँखा खुल्नुपर्छ, पाठसिक्नुपर्छ । आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको निर्माणमा हामी सबै जुट्नुपर्छ ।’ उनले स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा अब जुट्नुपर्नेमा जोड दिएका छन् । उनले कहिल्यै कसैको अधिनमा नपरेको नेपालले विश्व समुदायलाई गुन लगाएको स्मरण गर्दै भने, ‘भूगोलका आधारमा देशहरु साना ठूला हुन्छन् । तर सार्वभौमसत्ता र स्वाधिनता साना ठूलो हुँदैन। नेपालले आफ्नो स्वाधिनता र सार्वभौमसत्ताको सम्मान मात्र चाहेको छ। अरु केही चाहेको छैन ।’

Womui
Womui