‘आफ्नो देशको समस्या आफै समाधान गरौं’ : नेपाल

39

नेपालगन्ज, कात्तिक २९–
नेकपा एमालेका नेता माधवकुमार नेपालले सिमांकनको सवालमा बसेर छलफल गर्न सकिने बताएका छन् । आफ्नो देशको समस्यालाई मुलुकभित्रबाट समाधान खोज्नुपर्ने उनको भनाई छ । प्रेस चौतारी बाँकेले आइतबार दिउँसो नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले मुलुक अहिले संकटको घडीमा रहेकाले असल मित्र चाहिएको बताए ।

पत्रकार भेटघाटमा बोल्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।
पत्रकार भेटघाटमा बोल्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।

उनले भने, ‘संकटको समयमा असल मित्र खोजीरहेका छौं, हामीलाई विश्वास छ, असल मित्रको रुपमा फेरीपनि भारत नै अगाडी सर्नेछ ।’ नेपाललाई परेको संकटमा चिन र बंगलादेशले सहानुभुति देखाइसकेको बताउँदै उनले भारतसँग सदियौं देखि रहदै आएको मित्रतालाई न्यानो राख्न आफुहरु तयार रहेको धारणा राखे ।

Womui
Womui