छठका लागि जलाशयको सरसफाइ

113

काठमाडौं, कात्तिक २९–
नजिकिँदोे छठ पर्व भब्यताकासाथ मनाउन मुलुकभरका ताल र जलाशयको सरसफाइ गरिएको छ । सरसफाइसँगै सजावट पनि गरिएको छ । वीरगन्जमा युवा, समाजसेवीहरुले ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयको सरसफाइ तथा सजावटमा लागिपरेका छन् । ती पोखरी, नदी तथा तलाउलाई उनीहरूले दुलही झैं सिंगारेका छन् । छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन स्थानीय घडीअर्वा पोखरी परिसरमा अहिले पन्डाल निर्माणको कार्य द्रुतगतिमा भइरहेको छ । पन्डाल निर्माणका लागिमात्र लाखौँ रुपैयाँ खर्च गरिएको छ । व्रतालुको स्वागतका लागि घडीअर्वा पोखरी नजिकै ठूलाठूला स्वागतद्वार र सूचना घरकोे निर्माण गरिएको घडीअर्वा छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

Womui
Womui