भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा पनि प्रदर्शन गरिने

64

अमेरिका (वाशिंगटन डिसी), कात्तिक २९–
भारतले गरेको नाकाबन्दीविरुद्ध अमेरिकामा रहेका नेपालीहरूले वाशिंगटन डिसीस्थित ह्वाइट हाउस अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् ।विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा आगामी नोभेम्बर २२ तारिखमा ह्वाइट हाउस नजिकैके लाफायते पार्कमा विरोध कार्यक्रम गर्न लागिएको हो । अमेरिकामा रहेका सञ्चारकर्मी रामचन्द्र खरेलका अनुसार बिरोध प्रदर्शनीलाई व्यापक सहभागितामुलक तथा सशक्त बनाउन अमेरिकामा रहेका संघ संस्थाका पदाधिकारी, ब्यवसायी, बुद्धिजीवी, विद्यार्थी लगायत सबैलाई समेटिनेछ । विरोध कार्यक्रममा अमेरिकामा रहेका भारतीय मुलका नागरिक तथा अमेरिकन नागरिकलाई समेत सहभागी गराउने आयोजकको लक्ष्य छ ।

अमेरिकामा रहेको ह्वाइट हाउस ।
अमेरिकामा रहेको ह्वाइट हाउस ।

अघोषित नाकाबन्दी बारेमा अमेरिकन सांसद (कांग्रेस म्यान)लाई समेत ध्यानाकर्षण गराउन लागेको गैरआवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा. श्याम कार्कीले बताए । साथै आयोजकले सबै नेपालीलाई नेपालीहरुको पहिचान हुने नेपाली संस्कृति झल्कने पोशाक लगाएर सहभागी हुन प्रोत्साहन गरेको छ । साथै आगामी नोभेम्वर २२ तारिख १२ बजे देखि दिउँसो ३ बजे सम्म लाफायत पार्क (ह्वाइट हाउस अगाडि) उपस्थित हुन सवैमा आव्हान गरेको समेत गरेको छ । यसअघि नोभेम्बर १५ तारिखमा हुने भनिएको बिरोध कार्यक्रम समेत नोभेम्बर २२ तारिखमा नै एकै बनाउने भएको ब्यबसायी लोकनाथ तिवारीले बताए ।

Womui
Womui