नेपालगन्जमा १८ ट्यांकर इन्धन भित्रियो

63

नेपालगन्ज, कात्तिक २८–
रुपैडिहा नाकाबाट शनिबार १८ ट्यांकर इन्धन भित्रिएको छ । करिव दुई हप्ता सम्म इन्धन बोकेका सवारी साधन नेपाल प्रवेशमा कडाई गर्दै आएको भारतीय पक्षले शनिबार इन्धन भित्रिन दिएको हो । शनिबार डिजल १० ट्यांकर, हवाई इन्धन ५, पेट्रोल १ र एलपी ग्याँस २ बुलेट रहेको इलाका प्रहरी कार्यालय जमुनाहा प्रहरी सहायक निरिक्षक हरि गुरुङले बताए ।

यसअघि शुक्रबार बेलुका पनि ६ ट्यांकर डिजल र ४ ट्यांकर हवाई इन्धन सहित कुल ४३ वटा सवारी साधन सोही नाकाबाट भित्रिएको प्रहरी सहायक निरिक्षक गुरुङले जानकारी दिए । विशेषगरी पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र बुलेट नेपाल प्रवेशमा कडाई गर्दै आएको भारतीय भन्सारले रुपैडिहामा लामो समयदेखि आफैले रोकेका सवारी साधनलाई छाडेको हो । लामो समयसम्म भारतीय पक्षले नाकामा कडाई गरेपनि शनिबार ठुलो संख्यामा पेट्रोलियम ट्यांकर छाडेको उनको भनाई छ ।

Womui
Womui