“मधेशवादी दलसँग दुई–चार दिनमै सहमतिः दाहाल

45

काठमाडौं, कात्तिक २८–
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेशवादी दलहरुसँग २–४ दिनभित्र सहमति हुने दोहो¥याएका छन् । एमाओवादी अध्यक्ष दाहालले सञ्चारकर्मीसँग मधेशवादी दलका मागका सम्बन्धमा एक सातायता अनौपचारिक तवरमा लामो छलफल भएको र छलफल सहमति उन्मुख रहेको बताए ।

Prachanda

उनले अनौपचारिक छलफलका क्रममा सकारात्मक संकेत देखिएको भन्दै आफूहरु २र४ दिनभित्रै सहमतिमा पुगेर मधेशवादी दलको आन्दोलन र भारतको अघोषित नाकाबन्दी अन्त्य गर्नका लागि क्रियाशील रहेको बताएका हुन् । एमाओवादी अध्यक्ष दाहालले सीमांकनको विषय राजनीतिक संयन्त्रमार्फत टुंगो लगाउने गरी मधेशवादी दलहरुसँग सहमति हुने पनि बताए ।

Womui
Womui