यसरी लगाइयो भाइटीका–(फोटो सहित)

110

नेपालगन्ज, कात्तिक २७–

हिन्दु धर्मावलम्वीको महानपर्व यमपञ्चक अन्तर्गत तिहारको पाँचौँ दिन भाइटीका लगाइएको छ । बिहान ११ बजेर ५५ मिनेटको शुभ साइतमा भाइटीका लगाइएको हो । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाएर मनाएका हुन् ।

20151113_120644-1

20151113_121411

भाइटीका लगाउँदा टीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किएका थिए । अहिले चन्द्रमा उत्तरमा रहेकाले आशीर्वाद दिने मानिसको दाहिने पार्नका लागि यस्तो निर्णय गरिएको हो । आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने चलन छ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले बाहिरैबाट दर्शन गरेका छन् ।

20151113_125946

Womui
Womui