आतंककारी आक्रमणपछि फ्रान्समा संकटकाल घोषणा

124

फ्रान्स(पेरिस), कात्तिक २८–
फ्रान्सको राजधानीमा पेरिसका तीन स्थानमा श्रृंखलाबद्ध आतंककारी हमला हुँदा १ सय ४० बढीको मृत्यु भएको छ । कम्तिमा ६० जनालाइ आक्रमणकारीले बन्धक बनाएका छन् । पेरिस सहरका प्रहरी अधिकारीले भने मर्नेहरूको संख्या १२० पुगेको पुष्टि गरेका छन् । फ्रान्सेली टिभीका अनुसार अटोमेटिक राइफलबाट बन्धुकधारीले अन्धाधुन्द गोली चलाएका थिए । फ्रान्सका राष्ट्रपति ओलान्दले राष्ट्रका नाममा सन्देश दिँदै संकटकालको घोषणा गरेका छन् । फ्रान्ससँगका सबै सीमा सिल गरिएका छन् ।

आक्रमणमा परेका एक घाईते । तस्विर:  रोयटर्स
आक्रमणमा परेका एक घाईते ।        तस्विर: रोयटर्स

सबैभन्दा ठूलो आक्रमण पेरिसको बेटाक्लाँ कन्सर्ट हलमा भएको थियो । कन्सर्ट हेरिरहेका मानिसहरुलाई लक्ष्यित गर्दै एकजना बन्दुधकारीले नजिकैबाट फायरिङ गरेको थियो । पछि ती आक्रमणकारी सुरक्षा कारवाहीमा मारिए । सो कन्सर्ट हललाई प्रहरीले घेरा हालेको छ । त्यहाँभित्र बन्दूक पड्किएका र विष्फोटका आवाजहरु बाहिरसम्मै सुनिरहेका छन् । योभन्दा अघि एउटा रेष्टुराँमा बन्दूकधारीहरूले हमला गरी १० जनाको हत्या गरेका थिए । हमलाको तेस्रोे निसाना फ्रान्स र जर्मनीको खेल भइरहेको एउटा रंगशाला भयो । त्यहाँ आत्मघाती विस्फोट गराइएको बताइएको छ । १० महिना अघि कार्टुन म्यागेजिन चार्ली हेब्डोको कार्यालयमा आतंककारी आक्रमणकारी हमला भएको थियो ।

 आतंककारी हमलापिछ फ्रान्सको राष्ट्रिय रंगशालामा भएको भागाभाग। तस्विर : एएफपी

आतंककारी हमलापिछ फ्रान्सको राष्ट्रिय रंगशालामा भएको भागाभाग। तस्विर : एएफपी

फ्रान्सका राष्ट्रपतिले टेलिभिजनबाट राष्ट्रका नाउँमा सम्बोधन गर्दै आक्रमणकारीविरूद्ध मुलुक दृढ र एकबद्ध भएर उभिने बताएका छन् । पेरिस आक्रमणमा विस्फोटको आवाज सुनिँदा ओलान्दले फ्रान्स र जर्मनीबीच भइरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेरिरहेका थिए। सो रंगशालामा आतंककारी हमला भएको थियो । घटना लगत्तै सरकारी कदमका लागि समन्वय गर्न उनी आन्तरिक मामिला मन्त्रालय पुगेका थिए ।

Womui
Womui