लन्डनमा नेपालीले यसरी गरे मोदी विरुद्ध प्रर्दशन

45

बेलायत ( लन्डन), कात्तिक २७–
बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध नेपाली समुदायलगायतले विरोध प्रदर्शन गरेका छन् । बिहीबार बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनको कार्यालय अगाडि जम्मा भएका नेपाल समुदाय लगायतले नेपालविरुद्ध भारतले गरेको नाकाबन्दीको विरोधस्वरुप प्रदर्शन गरेका हुन् । बेलायतस्थित गैरआवासीय नेपाली संघलगायत करिब चार दर्जन संघसंस्थाको सक्रियतामा जम्मा भएका जनसमुदायले नाकाबन्दीको विरोधमा लेखिएको ब्यानर, प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

London

भारतीय नाकान्दीको भण्डाफोर गर्दै नेपालको निर्वाध पारवाहन अधिकारको प्रत्याभूतिको लागि र नाकाबन्दीले ल्याएको मानवीय संकटको समाधानका लागि अन्तर्रा्ष्ट्रिय दवाव सिर्जना गर्न प्रदर्शनको आयोजना गरिएको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले बताए । तीन दिने बेलायत भ्रमणमा आएका मोदीका विरुद्ध बेलायतस्थित मानवअधिकारवादी, भारतीय समुदाय आवद्ध संघसंस्थासमेत विरोधमा उत्रिएका छन् ।

भारतीय मूलका ब्रिटिस सिख, मुस्लिम र क्रिश्चिय समुदाय सोही स्थानमा छुट्टै प्रर्दशनमा सामेल छन् । उनीहरुले विगत केही हप्तादेखि मोदी नट वेलकमको नारासहित वेभसाइट तथा विभिन्न सामाजिक सञ्जालमार्फत् चर्को विरोध गर्दै आएका थिए । प्रदर्शनकारी मध्यका एक प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिमखडाले स्वाधीन राज्यप्रति छिमेकी मुलुकको अत्याचारकाविरुद्ध विश्वब्यापी रुपमा आवाज उठेको प्रतिक्रिया दिए ।

Womui
Womui