बाख्रालाई घाँस काट्न हिँडेका खड्का मृत फेला 

47

खोटाङ, कात्तिक २७—
बाख्रालाई घाँस काट्न भनेर घरबाट हिँडेका एक व्यक्ति बारीको कान्लामुनि मृत फेला परेका छन् । बिहीबार बिहान डोको बोकेर घरबाट हिँडेका दिक्तेल नगरपालिका–१ का ४८ वर्षीय चेतबहादुर खड्का दिउँसो बारीमा मृत भेटिएका हुन् । घटनाको प्रकृति हेर्दा खड्काको लडेर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

Womui
Womui