पूर्वप्रधानमन्त्री बाबुरामको नयाँ शक्ति गोरखाबाट सुरु

47
गोरखा, कात्तिक २४
Baburam-Bhattarai
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नयाँ शक्ति निर्माणमा जुटेपछि उनलाई सघाउन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा नयाँ शक्ति गठन भएको छ । म‌ंगलबार भएको छुट्टाछुट्टै भेलाले गोवर्धन श्रेष्ठको संयोजकत्वमा गोरखा नगरसमिति र अशोक देवकोटाको संयोजकत्वमा पालुङटार नगरसमिति गठन गरेको छ ।त्यस्तै गोरखा नगर समितिमा १५१ सदस्य छन् भने पालुङटार नगरसमितिमा ५१ जना सदस्य रहेको नयाँ शक्ति अभियानका गोरखास्थित नेता रमेश पोखरेलले बताए।
साथै पालुङटारमा १३५ सदस्यीय नयाँ शक्ति अभियान टोलीसमेत गठन भएको छ । दुर्गानारायण श्रेष्ठको अध्यक्षतामा भएको भेलामा केन्द्रीय अभियन्ता महेन्द्र श्रेष्ठ, जिल्लाका अगुवा रमेश पोखरेललगायतको उपस्थिति थियो । गोरखा नगरपालिकाको भेलामा केन्द्रीय अभियन्ता रमेश सिग्देल, जिल्ला नेता ज्ञानेन्द्र कुमाललगायतको सहभागितामा नयाँ शक्ति गठन गरिएको हो ।
Womui
Womui