नाकाबन्दी हट्ने समाचार अफवाहः भारतीय राजदूत

51

काठमाडौं, कात्तिक २४

ranjit नेपालका लागि भारतका राजदूत रणजीत रायले मधेस समस्या समाधान नभएसम्म सीमा नाकामा देखिएको पारवहन समस्या समाधान नहुने बताएका छन् । रिपोर्टस क्लबमा मंगलवार साक्षात्कार कार्यक्रममा भारतीय राजदूतले नाकाबन्दी खुल्ने भनेर मेरो नाम कोट गरेर आएका समाचार अफबाह र अनुमान मात्र भएको बताएका हुन् । भारतले नाकाबन्दी नलगाएको दोहोर्‍याउँदै भारतीय राजदूतले मधेसी आन्दोलनकारीको अवरोधका कारण सीमा नाकाबाट आपूर्ति असहज भएको दाबी गरे ।

मधेस आन्दोलनका माग र मुद्धालाई गम्भीरतापूर्वक लिएर राजनीतिक ढंगले समाधान नगरेसम्म वीरगन्ज नाका नखुल्ने र वीरगन्ज नाका नखुलेसम्म आपूर्ति समस्या कायम रहने उनले प्रष्ट पारे । नेपाल सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट भारतलाई आपूर्ति तथा पारवहन सहज बनाउन पारित गरेको भनिएको विशेष प्रस्ताव आफूले औपचारिक रुपमा नपाएको राजदूतले बताए ।

Womui
Womui