बाबुद्वारा छोरी बलात्कृत

28

दैलेख, कात्तिक २४

जिल्लास्थित भैरीकालिकाथुम गाविसमा बाबुले आफ्नै छोरीलाई बलात्कार गरेका छन् । सोमबार बिहान खाना खाने समयमा कोही नभएको मौका छोपी १२ वर्षीया छोरीलाई बलात्कार गरेको प्रहरीले जानकारी दियो । छोरी बलात्कृत भएपछि न्याय माग्दै आमाछोरी प्रहरी समक्ष पुगेपछि बलात्कार गर्ने ३४ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यालयले थुनामा राखी थप  अनुसन्धान अगाडि बढाएको छ । बलात्कारपछि योनी च्यातिएर रगत बगिरहेको अवस्थामा उपचारका लागि आएको जिल्ला अस्पताल दैलेखले जनाएको छ भने  मदिरा सेवन गरी छोरीमाथि जाइलागेको प्रहरी अनुसन्धानले  पुष्टि गरेको प्रहरी निरीक्षक पुस्कर चन्दले जानकारी दिए ।

Womui
Womui