बंगलादेशबाट ग्यास ल्याउने सम्भावनाबारे सरकारले अध्ययन थाल्यो

44

काठमाडौं, कात्तिक २४

भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा ग्यासलगायत इन्धनको चरम अभाव छ । भारतीय सीमामा ३ सय ५१ बुलेट ग्यास रोकिए पनि त्यसलाई भारतले नेपालतर्फ पठाउने सम्भावना नदेखिँदा सरकारले विकल्प निकाल्न अध्ययन थालेको छ । पहिले चीनबाट ग्यास ल्याउने भनिए पनि त्यहाँबाट ग्यास आउने सम्भावना नदेखिएपछि सरकारले बंगलादेशबाट ग्यास ल्याउनका लागि अध्ययन थालेको छ । त्यसका लागि आयल निगमले त्यसतर्फ टोली  पठाउने भएको छ ।

सरकारले सुरुमा चीनबाट अनुदानमा पेट्रोल ल्याएपछि ग्यास पनि ल्याउन सकिन्छ कि भनेर अध्ययन गरेको थियो । तर, चीनबाट ग्यास आउने सम्भावना नदेखेपछि बंगलादेश रोजिएको नेपाल आयल निगमले जनाएको छ । ग्यास ल्याउने सम्भाव्यता अध्ययन गर्न आयल निगमको टोली बंगलादेश जाने पक्का भएको आयल निगमले जानकारी दियो ।

Womui
Womui