विषादी सेवन गर्दा पत्नीको मृत्यु, पति अचेत

38

महोत्तरी, कात्तिक २४

जिल्लाको श्रीपुर गाविसमा पति–पत्नीले एकैसाथ विषादी सेवन गर्दा पत्नीको मृत्यु भएको छ भने पति अचेत भएका छन् । श्रीपुर गाविस– ३ बस्ने ४५ वर्षीय रामप्रताप साह र ४० वर्षीया पत्नी निलमदेवी साहले एकैसाथ नाम नखुलेको विषादी सेवन गर्दा पत्नीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । साह दम्पतीले सोमबार राति करिब ८ बजे विषादी सेवन गरेपछि स्थानीयवासीको सहयोगमा दुवैजनालाई उपचारका लागि गौशाला बजारस्थित नवीन जनसेवा अस्पतालमा लगिएकामा पत्नीको उपचारकै क्रममा मृत्यु भएको छ भने पति अझै अचेत छन् । प्रहरीले साह दम्पतीले विषादी सेवन गर्नुको कारण खुल्न नसकेको र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दियो ।

Womui
Womui