प्रधानमन्त्री ओलीको सम्बोधन तिहारपछि

37

काठमाडौं, कात्तिक २४

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाममा गर्ने भनिएको सम्बोधन तिहार पछि हुने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रेस नोट प्रकाशित गर्दै प्रधानमन्त्रीको सम्बोधन तिहारपछि हुने जनाएका हुन् । प्रधानमन्त्री भएको एकमहिना पूरा भएको सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन आउने बताइएको थियो। भारतले लगाएको नाकाबन्दी, मधेस आन्दोलन, इन्धनलगायत अत्यावश्यक उपभोग्य सामग्रीको अभाव र ठूला चाडपर्वको सन्दर्भासमेत समेटेर प्रधानमन्त्रीको सम्बोधन हुने अपेक्षा थियो।

Womui
Womui