ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार चारको मृत्यु

72

रौतहट, कात्तिक २४–
मिनि ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा रौतहटको चन्द्रनिगाहपुरमा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार चारै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा रौतहटको औरहीयाका २३ वर्षीय विवेक सिंह, २६ वर्षीय कामोद साह, जय प्रकाश गुप्ता र सखुअवा धमौराका २६ वर्षीय रुपेश कुमार यादव रहेका छन् । चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको चार जना सवार रहेको ना३३प २०६८ मोटरसाइकल र गरुडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना५ख ९७९१ नम्बरको मिनि ट्रक चन्द्रपुर नगरपालिका–१३ बालचनपुर चोकमा आज बिहान ठोक्किएको थिए ।

गुप्ता पुल्चोक इन्जिरिङ क्याम्पसका विद्यार्थी हुन् भने साह भूपू सशस्त्र प्रहरी हुन् । यादव, साह र सिंहको घटनास्थलमै र गुप्ताको उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिए । मृतकको शव चन्द्रनिगाहपुरस्थित अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक रुपेशकुमार यादवले भाडा असुल्न तीन जनालाई मोटरसाइकलमा राखेका थिए । ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui