प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

32

काठमाडौं, कात्तिक २४–
मुलुकको समसामयिक परिस्थितीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार पहिलोपटक देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको एक महिनाका पुगेको दिन मंगलबार प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न तयारी भएको भएको हो । सरकार गठन भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्नु लागेको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । ओलीले पनि देशबासीको नामै चाँडै सम्बोधन हुने बताएका छन् । दुई राज्यमन्त्री र दुई सहायक मन्त्रीलाई सपथ ग्रहण गराएपछि उनले चाँडै नै त्यस प्रकारको सम्बोधन हुने जानकारी गराएका हुन् ।

sss

सरकार गठन भएरको भारतले नाकाबन्दी गरेको लामो समय भएपनि सरकारले औपचारिक रूपमा आमजनतालाई सम्बोधन नगरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त हुन थालेका छन् । ओली नेतृत्वको सरकारले मुलुकमा चुलिएको इन्धन संकट समाधान गर्न असफल भएको छ । जनस्तरबाट व्यापक रुपमा सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको सम्बोधन हुन लागेको स्रोतको भनाई छ ।

Womui
Womui