६ महिनामा एक जना भूकम्प पीडितलाई मात्र ऋण प्रवाह

27
काठमाडौं, कात्तिक २४
राष्ट्रबैंकले भूकम्पपीडितका लागि घर निर्माण गर्न अघिसारेको कर्जा योजनाअन्तर्गत ६ महिनामा एकजनाले १७ लाख ४४ हजार रुपैयाँ कर्जा पाएका छन्। राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनर्कर्जा दिने र उक्त रकम बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशत ब्याजदरमा ऋण दिने कार्यविधि सार्वजनिक गरेको थियो। नेपाल बंगलादेश बैंकमार्फत स्युचाटार निवासी एक भूकम्पपीडितले घर निर्माणका लागि १७ लाख ४४ हजार रुपैयाँ कर्जा लिएको समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।
ऋणीको नाम भने सार्वजनिक गर्न नमिल्ने बैंकले जनाएको छ। उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कर्जा पाउने व्यक्ति बैंकको नियमित ग्राहक भएकाले कार्यविधिअनुसार कर्जा दिन सकिएको बताए। ‘कार्यविधिअनुसार एकजनाले मात्र कर्जा पाउनुले झन्झटिलो प्रक्रियातर्फ संकेत गर्छ’, उनले भने। उनका अनुसार ब्याज दुई प्रतिशतमात्र भए पनि ऋणीले अरू ऋणसरह कर्जा तिर्ने आधार पेस गर्नुपर्छ । अहिलेसम्म त्यस्तो आधार भएका पीडित नआउँदा ऋण प्रवाह हुन नसकेको हो।
Womui
Womui