नाकाबन्दीको असरः विश्वविद्यालयको बेहाल, शैक्षिक सत्र एकवर्ष पर सर्न सक्ने

64

काठमाडौं, कात्तिक २४

भारतीय नाकाबन्दीको दीर्घकालीन असर शैक्षिक क्षेत्रमा परेको छ । नाकाबन्दी र तराई–मधेसमा जारी आन्दोलनले यस वर्षको शैक्षिक सत्र एक वर्ष पर सर्ने अवस्था सिर्जना भएको छ । यसले विश्वविद्यालयहरूको अवस्था बेहाल बनेको छ । विश्वविद्यालय मात्र होइन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले एकपटक स्थगित गरेर परीक्षा लिने तयारी गरे पनि सञ्चालन गर्न सकिनेमा ढुक्क हुन सकेको छैन । सिटिइभिटीले एक–डेढ महिनाभित्रै परीक्षा सञ्चालन गर्न नसके शैक्षिक वर्ष नै नोक्सान हुने जनाएको छ । हाल मुलुकमा नौवटा विश्वविद्यालय सञ्चालनमा रहे पनि नाकाबन्दी र तराई–मधेसको आन्दोलनको सबैभन्दा ठूलो मारमा त्रिभुवन विश्वविद्यालय परेको छ । ६० भन्दा बढी आंगिक क्याम्पस र लाखौँको संख्यामा विद्यार्थी भएकाले अन्य विश्वविद्यालयको भन्दा त्रिविले ठूलै समस्या भोग्नुपरेको छ । मुलुकमा देखिएको पछिल्लो घटनाक्रमका कारण त्रिविले परीक्षासमेत स्थगित गरेको छ । दसैँअघि सम्पन्न गर्नुपर्ने परीक्षा रोकिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Womui
Womui